काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बगांलको खाडीबाट आएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभावले देशको मौसममा बदली र वर्षाको अवस्था देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार, बागमती, गण्डकी र कर्णाली प्रदेश तथा देशका पहाडी भू-भागमा मौसम सामान्यदेखि बदली रहेको छ भने अन्य क्षेत्रमा मुख्यतः सफा देखिएको छ।
महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अहिले चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो र राति दुवै समयमा देशभर आंशिकदेखि सामान्य बदली हुने अनुमान गरिएको छ । कोशी, लुम्बिनी र पहाडी क्षेत्रका विभिन्न स्थानमा चट्याङ्ग, हावाहुरीसहित वर्षाको सम्भावना उच्च छ। साथै, देशका हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात हुने सम्भावनासमेत महाशाखाले उल्लेख गरेको छ।
मौसमको यो परिवर्तनले दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, सडक तथा हवाई यातायातमा असर पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले नागरिकलाई अनुरोध गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया