पर्सा । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१ घर भएका २९ वर्षीय सुजन लामा भन्ने पासाङ तामाङ रहेका छन् ।
वीरगंज महानगरपालिका–१६ शंकराचार्य गेटस्थित सडकबाट भारतरतर्फ जान लागेका तामाङ र एक युवतीलाई प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले बुधबार बेलुकी पक्राउ गरेको हो ।
थप अनुसन्धानको क्रममा तामाङले ती युवतीलाई वीरगंजस्थित कपडा कारखानामा राम्रो आम्दानी हुने काममा लगाइदिने प्रलोभनमा पारी बेचबिखन गर्ने उद्देश्यले भारततर्फ लैजाँदै गरेको खुल्न आएको छ ।
उनी उपर मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ बमोजिमको कसुरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया