एनआरएनएभित्र राजनीति नगरिदिनुस् : परराष्ट्रमन्त्री राणा

लोकपथ
266
Shares

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गैर आवासीय नेपाली संघ (एनआरएनए) भित्र राजनीति नगर्न आग्रह गरेकी छन् । 

शनिबार काठमाडौंमा गैर आवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेकी हुन् ।  उनले राजनीति गर्ने ठाउँ फरक रहेको भन्दै एनआरएनए संस्था राजनीति गर्ने ठाउँ नभएको बताइन् । 

उनले एनआरएनएमा रहेर देश समृद्ध बनाउन सहयोग गर्नुपर्ने बताइन् ।  राजनीति गर्नेलाई समृद्धि कसरी ल्याउन सकिन्छ ? भन्ने कुरा राम्रोसँग जानकारी नहुने भन्दै विदेशमा देखेका र भोगेका कुरालाई नेपालमा आएर परिणाम दिन सकिने बताइन् । 

परराष्ट्रमन्त्री डा. राणाले भनिन्, ‘यहाँ आएर राजनीति नगरिदिनुस् । यहाँ आएर देशलाई समृद्ध बनाउन तपाईँहरूले सहयोग गरिदिनुस् । हामी राजनीति गर्नेलाई त्यत्ति धेरै समृद्धि कसरी गर्ने भनेर थाहा छैन । तपाईँहरू त कहीँ लेभर गरेर पनि गर्नुभएको छ । एउटै जेनेरेशनभित्र तपाईँहरूले कति ठुलो फड्को मारेर आफ्नो सन्तान, समाज, गाउँ, समुदायलाई अगाडि बढाउनुभएको छ ।’

परराष्ट्रमन्त्री डा. राणाले गैर आवासीय नेपालीहरू आफ्नो परिवार, समाज, गाउँ र समुदाय विकास गर्ने महत्त्वपूर्ण माध्यम रहेको उल्लेख गरिन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?