काठमाडौं । वीरेन्द्रबहादुर बस्नेतद्वारा लिखित पुस्तक ‘बाई द बुक’ लोकार्पण भएको छ । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा पुस्तक लोकार्पण गरिएको हो ।
पुस्तकका लेखक बस्नेतले पुस्तकमा बुद्ध एयरको सफलताको कथा समेटिएको बताए । उनले आफूले पुस्तकमा बुद्ध एयरले कस्तो अवस्थाबाट संस्था सुरु गरेर सफलतामा पुग्न सक्यो भन्नेबारे आफ्ना विचारहरू लेखिएको बताए ।
उद्योग व्यवसायमा लाग्न चाहने वा व्यवसायको व्यवस्थापनमा लाग्नेहरूका लागि पुस्तकले सृजनशील बन्न प्रेरणा दिने उनको भनाइ छ ।
उनले केही व्यक्तिहरूको सोच र सपनालाई मूर्तरूप दिन सञ्चालन सुरु गरेको बुद्ध एयरमा हाल १ हजार ५ सय कर्मचारी आबद्ध रहेको बताए । पुस्तक ‘बाई द बुक’ २९ वर्षअघि सञ्चालन सुरु गरेर सफलताको शिखरमा पुगेको बुद्ध एयरको सफलताको दस्ताबेज भएको उनको भनाइ छ ।
उनले भने, ‘हामीले २९ वर्ष अगाडि बुद्ध एयर सञ्चालन सुरुवात गर्यौँ । त्यो सुरुवात गर्दाखेरिको जुन एउटा सपना सोच र अग्रसरता लियौँ । एउटा सानो आम नेपाली व्यक्तिहरू बुद्ध एयरको टिम जुन अहिले १५ सय जना कर्मचारी छौँ हामी । हाम्रो समूहले ठुलो कलेजबाट डिग्री लिएको वा संस्थाबाट अनुभव लिएर सञ्चालन सुरु गरेका होइनौँ । हामीले आम नेपाली साधारण जनताले आयस्रोतको ठुलो सपना बोकेर र त्यो सपनालाई मूर्तरूप दिन यहाँ ल्याऔँ । यो काम गर्दा हामीले धेरै सिद्धान्तहरू हेर्यौँ । धेरै सूत्रहरू अपनायौँ, धेरै व्यवस्थापनहरू अपनायौँ । अहिले सफलताको पुष्टि भइसकेको छ ।’
हरेक समस्याहरूमा कर्मचारीहरू एकजुट भएर समस्या समाधानमा लागेकै कारण बुद्ध एयरले सफलता पाएको लेखक बस्नेतको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया