पाकिस्तानी प्रधानमन्त्रीद्वारा कश्मीर घटनाको विश्वसनीय, तटस्थ अन्तर्राष्ट्रिय अनुसन्धानको लागि आह्वान 

लोकपथ
1.6k
Shares

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफले शुक्रबार हालै भएको कश्मीर घटनाको विश्वसनीय, पारदर्शी र निष्पक्ष अन्तर्राष्ट्रिय अनुसन्धानको लागि आह्वान गरेका छन् ।  

पाकिस्तानका लागि संयुक्त अरब इमिरेट्सका राजदूत हमाद ओबैद इब्राहिम सलेम अल–जबीसँगको भेटमा सरीफले घटनाबारे अन्तर्राष्ट्रिय अनुसन्धानको लागि आह्वान गरेका हुन् ।  

प्रधानमन्त्रीले भारतले कुनै प्रमाण बिना पाकिस्तानलाई घटनासँग जोड्ने प्रयास गरेको भन्दै आरोपलाई अस्वीकार गरे ।  उक्त घटनामा पाकिस्तानको कुनै भूमिका नरहेको उनको भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?