देशका पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

लोकपथ
847
Shares

काठमाडौं । हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र बगांलको खाडीबाट आउने जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको असरले देशका विभिन्न क्षेत्रहरूमा बदलीसहितको मौसमको अवस्था कायम छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा केही स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। त्यस्तै, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशसहितका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदली मात्र रहनेछ।

आज दिउँसोदेखि साँझसम्म सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका पहाडी भागमा थोरै स्थानमा र अन्य क्षेत्रका एक/दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको जनाएको छ । साथै, देशका केही हिमाली भागहरूमा हल्का हिमपातको सम्भावना पनि रहेको छ।

महाशाखाले सम्भावित वर्षा, चट्याङ्ग र हिमपातका कारण जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?