नीति तथा कार्यक्रम सन्तुलित र प्रतिफलमुखी : योगेश भट्टराई

लोकपथ
217
Shares

काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम सन्तुलित भएको बताएका छन् । 

शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रमका बारेमा पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् । 

उनले नीति तथा कार्यक्रममा शिक्षा र स्वास्थ्यका विषयमा बढी जोड दिएको बताउँदै शिक्षालाई व्यावसायिक र प्राविधिक धारको रूपमा विकास गर्ने नीतिमा आएको बताए ।  

१२ कक्षा उत्तीर्ण गरेका विद्यार्थीलाई आत्मनिर्भर हुने गरी स्वरोजगारको व्यवस्था गर्ने सकारात्मक पक्ष भएको बताए । सांसद भट्टराईले स्वास्थ्य सेवालाई सहज बनाउन स्वास्थ्य बीमा कार्यक्रममा जोड दिएको बताए । राष्ट्रिय गौरवका आयोजनाहरूको पूर्वाधार विकासलाई प्राथमिकिकरण गरी प्रतिफलमुखी बनाउन नीति तथा कार्यक्रममा जोड दिएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?