ताप्लेजुङ । करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मेरिङदेन गाउँपालिका–३ खाम्लुङस्थित युनाइटेड हाईड्रोपावरमा काम गर्ने इलाम माई नगरपालिका–१ बतासे बस्ने २४ वर्षीय खगेन्द्र राईको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको हो ।
काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल ताप्लेजुङमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया