काठमाडौं । धादिङ जिल्लाको रुवीभ्याली गाउँपालिका– १ तिप्लिङमा सशस्त्र प्रहरी बल नेपालको बीओपी स्थापना भएको छ । गृहमन्त्री रमेश लेखकले आज वैशाख १९ गते उक्त बीओपीको उद्घाटन गरेका छन् ।
धादिङ सदरमुकामबाट ७०–७५ किलोमिटर टाढा र २२ सय मिटर उचाइमा रहेको यस बीओपी हाललाई सोही गाउँपालिकाले उपलब्ध गराएको भाडाको घरमा बसेको छ ।
कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी, प्रतिनिधिसभा सांसद टेकबहादुर गुरुङ, गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, रुवीभ्याली गाउँपालिकाका प्रमुख रामसिंह तामाङ, प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, प्रहरी उपरीक्षक दीपेन्द्र शाही, राष्ट्रिय अनुसन्धान उपअनुसन्धान निर्देशक नरेन्द्रराज गिरीलगायत वडा अध्यक्ष तथा स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो ।
यसअघि उत्तरतर्फ दार्चुलाको तिंकर, हुम्लाको हिल्सा, मुस्ताङको नेचङ, गोरखाको साम्दो, रसुवाको टिमुरे, सिन्धुपाल्चोकको तातोपानी र गुम्बा, दोलखाको लामाबगर, संखुवासभाको किमाथाङ्का, ताप्लेजुङको ओलाङ्चुङ्गोलामा बीओपी स्थापना भइसकेको छ । योसँगै छिमेकी मुलुक चीनतर्फको सिमानातर्फ ११ र छिमेकी मुलुक भारततर्फको सिमानामा २ सय ४४ गरी बीओपी संख्या २ सय ५५ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया