सरकारको जलवायु नीति : वित्त परिचालन रणनीति र कार्बन व्यापार नियमावली तर्जुमा गरिने

लोकपथ
42
Shares

काठमाडौं । सरकारले  जलवायु वित्त परिचालन रणनीति र कार्बन व्यापार नियमावली तर्जुमा गर्ने घोषणा गरेको छ । 

सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।  

उनले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेका चुनौतीबारे विश्व समुदायको ध्यानाकर्षण गर्न सगरमाथा संवाद आयोजना गरिएको बताए ।  

उनले अगामी जेठ २ देखि ४ गतेसम्म हुने संवादमा प्रस्तुत गरिएका धारणाहरूका आधारमा जलवायु अनुकूलन र असर न्यूनीकरणका कार्यक्रमहरू लागू गर्ने सरकारको तयारी रहेको बताए । 

उनले नेपालले सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जन गर्ने लक्ष्य पूरा गर्न आवश्यक रणनीतिहरू कार्यान्वयन गर्ने योजना अघि सारेको पनि बताए  । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?