काठमाडौं । सरकारले सडक, रेल र जल यातायातलाई आवागमनको मुख्य माध्यमका रुपमा विकास गर्ने भएको छ ।
साथै आगामी आर्थिक वर्षमा समेत रेलमार्ग विकास र विस्तारका लागि निरन्तरता दिइने बताइएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष ०८२–०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो कुरा जानकारी गराएका हुन् ।
‘सडक रेल र जल यातायातलाई आवागमनको प्रमुख माध्यमको रुपमा विस्तार गरिनेछ । रेल मार्गको विकास र विस्तारलाई निरन्तरता दिइनेछ,’ उनले भने ।
त्यस्तै भौतिक पूर्वाधारका क्षेत्रमा सार्वजनिक तथा निजी लगानीलाई प्रवर्द्धन गरिने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया