काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले विद्यालय शिक्षामा देखिएका चुनौतीहरू समाधान गर्न नीतिगत तथा कानुनी व्यवस्था गर्ने बताएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षा प्रणालीमा आमूल सुधार गरिने बताएका हुन् ।
राष्ट्रपति पौडेलले विश्वविद्यालय शिक्षालाई ज्ञान, अनुसन्धान र विकासतर्फ केन्द्रित गरिने तथा उद्यमशीलतामैत्री शिक्षा नीति अवलम्बन गरी श्रम बजारमा सीपयुक्त जनशक्तिको अभाव अन्त्य गरिने बताए ।
उनले राष्ट्रपतिले पाठ्यक्रम, सिकाइ र अध्यापन विधिमा व्यापक सुधार गरिने र आन्तरिक रोजगारी सिर्जना गरिने नीति अघि सारिएको जानकारी गराए ।
अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सुनाउँदै राष्ट्रपति पौडेलले भने, ‘विद्यालय शिक्षामा देखिएका चुनौतीहरूको समाधान गर्न नीतिगत तथा कानुनी प्रबन्ध गर्ने । विश्वविद्यालय शिक्षालाई ज्ञान, अनुसन्धान तथा विकासतर्फ केन्द्रित गर्ने, उद्यमशीलतामैत्री शिक्षाको नीति अपनाई श्रम क्षेत्रमा रहेको सिपयुक्त जनशक्तिको अभावको अन्त्य गर्ने । यसको लागि हालको पाठ्यक्रम सिकाई र अध्यापन विधिमा व्यापक सुधार गर्ने । आन्तरिक रोजगारी सिर्जना गर्ने ।’ सरकारले आन्तरिक रोजगारीमा वृद्धि गर्ने घोषणा गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया