काठमाडौं । सरकारले नेपाललाई ध्यान पर्यटनको मुख्य आकर्षक केन्द्रको रुपमा विकास गर्ने रणनीति लिएको छ ।
सरकारले आगामी आर्थिक वर्ष ०८२–०८३ को नीति तथा कार्यक्रम मार्फत् सो घोषणा गरेको हो ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले योग ध्यान मार्फत् सकारात्मक सोचको अभिवृद्धि गरी नेपाललाई आरोग्य र ध्यान पर्यटनको आकर्षक केन्द्र बनाउने नीति लिएको बताए ।
‘योग ध्यान मार्फत् सकारात्मक सोचको अभिवृद्धी गरी नेपाललाई आरोग्य र ध्यान पर्यटनको आकर्षक खालको रुपमा प्रवर्द्धन गरिनेछ,’ उनले भनेका छन् ।
त्यस्तै पर्यटन क्षेत्रलाई आयआर्जन, रोजगारी र समृद्धिको आधारको रुपमा विकास गर्ने उनले बताए ।
‘पर्यटन क्षेत्रलाई आयआर्जन, रोजगारी र समृद्धीको आधारको रुपमा विकास गरिनेछ,’उनले भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया