सरकारले एकीकृत परियोजना बैंक लागू गर्ने

लोकपथ
42
Shares

काठमाडौं । सरकारले एकीकृत परियोजना बैंक लागू गर्ने बताएको छ ।

आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो कुरा बताएका हुन् ।

उनले आगामी आर्थिक वर्ष ०८२–०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै केन्द्र, प्रदेश र स्थानीय तहको योजनामा दोहोरपन हटाउन एकीकृत परियोजना बैंकको सरकारले घोषणा गरेका हुन् ।

राष्ट्रपति पौडेलले तीन तहकै सरकारको योजना प्रभावकारी बनाउन यस्तो घोषणा गरेका हुन् ।

उनले संघ, प्रदेश र स्थानीय तहको एकल र साझा अधिकारको सूचीलाई प्रभावकारी रुपमा कार्यान्वयनको घोषणा गरेका हुन् ।

त्यस्तै संविधान संशोधनको कामलाई अघि बढाउने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?