संसदको संयुक्त बैठक : एकीकृत समाजवादीको लहरमा वामदेव

लोकपथ
1.3k
Shares

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतम संघीय संसद्को संयुक्त बैठकमा नेकपा एकीकृत समाजवादीका सांसदहरुको लहरमा बसेका छन् । आज राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् । सो क्रममा संयुक्त सदनको बैठकमा गौतम नेकपा एकीकृत समाजवादीका सांसदहरुको लहरमा बसेका हुन् ।

उनी पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसँगै रहेका छन् । एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले दुई नेताहरुका सँगै बस्नुको अर्थ रहेको बताएका छन् ।

त्यसो तत्कालीन नेकपा विभाजपनछि कम्युनिष्ट एकताका लागि लागेका गौतम केही समय अघि एकीकृत समाजवादीमा प्रवेश गर्ने तयारी गरेका थिए । उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘ आज संघीय संसदको संयुक्त बैठकमा यो बसाइको सन्देश’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?