प्रिशाको निधनबारे भारतीय विदेश मन्त्रालयले भन्यो– ‘हामी निरन्तर समन्वयमा छौँ’

लोकपथ
707
Shares

काठमाडौं । भारतीय विदेश मन्त्रालयले ओडिसा राज्यको भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रिशा साहको निधनबारे दुख व्यक्त गरेको छ ।

विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै आफूहरु घटनाको सत्यतथ्य जानकारी लिन निरन्तर समन्वयनमा रहिरहेको जनाएको छ ।

जसका लागि नेपाली अधिकारीहरु, ओडिशा राज्य सरकार साथै केआईआईटी व्यवस्थापनसम्ग निरन्तर सम्पर्कमा रहेको जनाएको छ ।

‘भारत सरकारले सबै अन्तर्राष्ट्रिय विद्यार्थीहरुको सकुशलता, सुरक्षा र हितलाई निकै गम्भीरताका साथ लिन्छ । हामी यस विषयबारे तत्कालै सूचना आदानप्रदान तथा समन्वयलाई सुनिश्चित गर्न नेपाली अधिकारीहरु, ओडिशा राज्य सरकार साथै केआईआईटी व्यवस्थापनसम्ग निरन्तर सम्पर्कमा छौँ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै घटनाबारे ओडिशा राज्य सरकारले गम्भीर रुपमा लिएको र मृतकका परिवारलाई पूर्ण सहयोग प्रदान गरेको छ ।

किट विश्वविद्यालयको पहिलो वर्षमा अध्ययनरत छात्रा प्रिन्साको गयराति निधन भएको थियो । त्यसो त यसअघि गत फागुन सोही विश्वविद्यालयको छात्रवासमा बस्ने बुटवलकी प्रकृति लम्सालको समेत निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?