काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कुल सम्पत्ति ६ खर्ब ४४ अर्ब रहेको देखिएको छ ।
शुक्रबार प्राधिकरणको स्वेतपत्र जारी गर्दै प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सो कुरा बताएका हुन् ।
उनका अनुसार आर्थिक वर्ष ०८०–०८१ को आधारमा प्राधिकरणको सम्पत्ति ६ खर्ब ४४ अर्ब रहेको छ । जसमा स्थिर सम्पत्तितर्फ २ खर्ब ३४ अर्ब रहेको छ । साथै २ खर्ब २० अर्ब बराबरका आयोजनाहरु निर्माणधीन अवस्थामा रहेको र निर्माण सम्पन्न भएपछि सम्पत्ति हुने शाक्यले बताए ।
त्यस्तै उनले अघिल्ला आर्थिक वर्षहरुमा भएका केही कैफियतहरु समेत प्रस्तुत गरे ।
महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख भए अनुसार सम्पत्तिको लेखा समेत नराखिएको पाइएको उनले बताए । साथै स्थिर सम्पत्तिको लेखा सफ्ट्वेयर भन्दा एसेस्ट म्यानेजमेन्ट सफ्टवेयरमा ३७ करोड रुपैयाँ लेखांकन भएको छ ।
त्यस्तै स्थिर सम्पत्तिको रिकन्सिलेसन नभएको, गत आबमा नष्ट गरिसकेको सम्पत्ति यस आवमा पनि रेकर्डबाट नहटाएको लगायत कैफियत देखिएको बताए ।
यता स्थिर सम्पत्तिको ह्रास समायोजन ४४ करोड गरेको तर सो को समायोजन संस्थाको स्थिर सम्पत्तिमा नगनेकाले संस्थाको यथार्थ सम्पत्ति कायम हुन नसकेको आदी नगरेकाले डेढ अर्ब निर्माणधीन आयोजना नै पत्ता लाग्न नसकेको लगायत उल्लेख गरे ।
परियोजना सम्पन्न भइसकेपछि पनि ८ अर्ब स्थिर सम्पत्तिलाई पुँजीकरण गर्न गर्नुपर्नेमा नगरीकन सीवब्ल्यू आइपीमा नै राखि देखाइएको, हिनामिना भएको ५७ लाख पेश्कीमा देखाइएको समेत उनले बताए ।
साथै नाफा नोक्सान खर्च लेख्नुपर्नेमा खर्च नलेखेको लगायतको कैफियत रहेको बताए ।
त्यस्तै ऋण तथा दायित्वमा सरकारको आन्तरिक स्रोत अन्तर्गत ७७ अर्ब ८ करोड, वैदेशिक दातृ निकायतर्फ १ खर्ब ७१ अर्ब ४ करोड गरी २ अर्ब ४८ अर्ब १२ करोड ऋण रहेको छ । जुन रकम कुल सम्पत्तिको ३९ प्रतिशत हुन आउने शाक्यले बताए ।
त्यस्तै प्राधिकरणको कुल दायित्व ३ खर्ब ८५ अर्ब रहेको छ । जसमा ऋण र अन्य दायित्वहरु समेत जोडिने शाक्यले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया