काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले जलवायु अनुकूलन विकास र जलवायु परिवर्तन न्यूनीकरणमा सबैले साझा जोड दिन आवश्यक रहेको बताएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले हरित गृह ग्यास, उत्सर्जनमा नेपालको भूमिका नगण्य रहेको भए पनि यसबाट बढी प्रभावित हुने मुलुकमा नेपाल रहेको बताए ।
उनले मुलुकको कुल भूभागको करिब ४५ प्रतिशत जमिन वन क्षेत्रले ढाकेको र कुल भूभागको करिब २३ प्रतिशत जमिन संरक्षित क्षेत्रले ओगटेको बताउँदै वनको संरक्षणबाट वातावरण शुद्धीकरण गर्न र जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न सघाउ पुग्नुका साथै वातावरण बिगार्ने हानिकारक कार्बनलाई शोषण गर्न समेत सहयोग पुग्ने उल्लेख गरे ।
उनले जलवायु परिवर्तनका कारण विश्वको तापक्रम बढ्ने हिमालय पग्लिँदै जाने हो भने यसले धेरैको जनजीवनमा गम्भीर प्रभाव पर्ने बताए । उनले हिमाल जोगाउन साझा प्रयास जुटाउनुपर्ने बताए ।
अन्तर्राष्ट्रिय जलवायु वित्त कोषमा नेपालको पहुँच बढाइ देशभित्र जलवायु परिवर्तन अनुकूलन र न्यूनीकरण तथा वातावरण संरक्षण कार्यका लागि स्रोत जुटाउने पहलको खाँचो रहेको बताए ।
उपराष्ट्रपति यादवले नेपाल जस्तो संवेदनशील भौगर्भिक धरातल भएको मुलुकमा जलवायु परिवर्तनले सिर्जना गरेका समस्या र चुनौतीहरू अरू देशको तुलनामा उच्च रहेको बताए । जलवायु परिवर्तनकै कारण तराई/मधेस क्षेत्रका पानीका स्रोतहरूको स्तर निकै तल पुगिसकेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया