काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद् बैठक अन्तिम समयमा आएर स्थगित गरिएको छ । मन्त्रिपरिषद् बैठक स्थगितसँगै ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा नियुक्त खमबहादुर गर्बुजाको शपथ पनि नहुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गर्बुजालाई आजै शपथ ग्रहण गराउने कार्यक्रम राखेका थिए । आज राज्यमन्त्रीको शपथ हुने/नहुने विषय भने अनिश्चित छ ।
सरकारको सिफारिसमा गत बुधबार राष्ट्रपति रामचन्द्र पौडेले गर्बुजालाई राज्यमन्त्री नियुक्त गरेका थिए । उनी म्याग्दीबाट निर्वाचित कांग्रेस सांसद हुन् ।
तत्कालीन ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ वैशाख १० गते बर्खास्तमा परेसँगै गर्बुजा नियुक्त भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया