नीति तथा कार्यक्रमका लागि संसद्मा पूर्वाभ्यास

लोकपथ
427
Shares

काठमाडौं । आर्थिक वर्ष २०८२–०८३ को लागि सरकारबाट प्रस्तुत हुने नीति तथा कार्यक्रमको तयारी पूरा भएको छ ।

शुक्रबार दिउँसो ३ बजे राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वाचन गर्ने कार्यक्रम छ ।

संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रमका लागि आज बिहान संसद भवन नयाँ बानेश्वरमा पूर्वाभ्यास गरिएको हो ।

तयारी कार्यक्रममा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल लगायत संसद सचिवालयका कर्मचारीको उपस्थिति रहेको थियो । नीति तथा कार्यक्रमका लागि सम्पूर्ण तयारी पूरा भएको संसद सचिवालयले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?