पूर्वपश्चिम राजमार्गमा ट्रकको ठक्करबाट वृद्धको मृत्यु

लोकपथ
203
Shares

काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना५ख ७७१२ नम्बरको ट्रकले आज बिहान राक्सिराङ गाउँपालिका-९ निवासी ७० वर्षीय गङ्गाबहादुर स्याङतानलाई ठक्कर दिँदा मृत्यु भएको हो ।

बाटो काट्ने क्रममा ट्रकको चपेटामा परेर स्याङतानको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीले दुर्घटनामा संलग्न ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

दुर्घटनाले राजमार्गमा केहीबेर सवारी अवरोध भए पनि अहिले अवस्था सामान्य भएको प्रहरीको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?