नवनियुक्त राज्यमन्त्री गर्बुजाको शपथ ग्रहण आज

लोकपथ
1.4k
Shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका राज्यमन्त्रीमा नियुक्त खमबहादुर गर्बुजाले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान १० बजे गर्बुजालाई शपथ गराउने कार्यक्रम छ।

वैशाख १७ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गर्बुजालाई ऊर्जा राज्यमन्त्रीमा नियुक्त गरेका थिए।

ऊर्जा राज्यमन्त्रीको पद पूर्णबहादुर तामाङ बर्खास्त भएसँगै वैशाख १० गतेदेखि रिक्त थियो । उक्त रिक्त स्थानमा गर्बुजाको नियुक्ति गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?