किट कलेजमा पुनः अर्को नेपाली छात्राको मृत्यु, परराष्ट्रले थाल्यो कुटनीतिक पहल

लोकपथ
1k
Shares

काठमाडौं । भारतको उडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत अर्की नेपाली विद्यार्थी प्रिसा साह मृत फेला परेकी छन् । यो घटनापछि परराष्ट्र मन्त्रालयले घटनाको छानबिनका लागि कूटनीतिक तहमा पहल सुरु गरेको छ।

स्नातक तह (बी.टेक) पहिलो वर्षमा अध्ययनरत वीरगन्जकी प्रिसा साह बिहीबार राति होस्टेलको आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परेकी हुन् । घटनाबारे भारतीय सञ्चार माध्यम तथा ओडिसा सरकारको आधिकारिक विज्ञप्तिमा पनि उल्लेख गरिएको छ।

परराष्ट्र मन्त्री आरजु राणा देउवाले घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै भारत सरकार, ओडिसा राज्यका अधिकारीहरू र नयाँ दिल्लीस्थित नेपाली दूतावासमार्फत घटनाको सत्यतथ्य पत्ता लगाउन तत्काल पहल सुरु गरिएको जानकारी दिएकी छन्।

यो घटनाले केआईआईटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षाप्रति चिन्ता बढेको छ। यसअघि गत फागुन ४ गते सोही विश्वविद्यालयमा अध्ययनरत अर्की नेपाली छात्रा प्रकृति लम्साल पनि होस्टेलमा मृत अवस्थामा फेला परेकी थिइन्।

लगातार नेपाली विद्यार्थीहरू मृत्यु भएको घटनाले भारतीय विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूको मानसिक स्वास्थ्य, सुरक्षा तथा विश्वविद्यालय प्रशासनको भूमिकाबारे प्रश्न उठाउन थालेको छ। परराष्ट्र मन्त्रालयले घटनाको निष्पक्ष र गहिरो अनुसन्धान गरिने अपेक्षा व्यक्त गरेको छ ।

त्यसो त गत फागुनमा बुटवलकी प्रकृती लम्सालको समेत सोही कलेजमा मृत्यु भएको थियो । एक युवकले टर्चरपछि लम्सालले आत्महत्या गरेकी थिइन् । केही महिनाको अन्तरालमा नै २–२ जनाको मृत्यु भएपछि परराष्ट्र मन्त्रालयले कुटनीतिक पहल थालेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?