प्रवासी नेपालीलाई विमलेन्द्र निधीको आग्रह– ‘संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्नुहोस्’

लोकपथ
189
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्न प्रवासी नेपालीलाई आग्रह गरेका छन् । नेपाली कांग्रेसको जनसम्पर्क समितिद्वारा बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् । 

उनले नेपाली जनसम्पर्क समिति पहिलो पटक वीपी कोइरालाले भारतमा स्थापना गरेको भन्दै विश्वभर क्रियाशील रहेको कांग्रेसको जनसम्पर्क समितिले सबै प्रवासीसँग सम्बन्ध राख्ने बताए । प्रवासी नेपालीहरूलाई हुने कानुनी समस्यालाई समाधान गर्न पार्टीको तर्फबाट पहल गर्ने बताए । प्रवासी नेपालीले देशको विकासका लागि आर्थिक तथा वैचारिक योगदान गर्नुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘नेपाली जनसम्पर्कको स्थापना वीपी कोइरालाले भारतको बम्बईमा गर्नुभएको थियो । र आज ३७ वटा देशमा जुन बेला भारतमा मात्रै थियो त्यसमा पनि बम्बईमा बढी नेपालीहरू बस्ने भएकाले त्यहाँबाट प्रारम्भ भएको । नेपाली कांग्रेस र नेपालमा प्रजातान्त्रिक आन्दोलनलाई ऊर्जा प्रदान गर्न, सफलता प्रदान गर्नका लागि रिस्क लिएर गरिएको थियो । अजाको सन्दर्भमा नेपामा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई अवलम्बन गरेका छौँ । एउटा कुरा के हो भने जनसम्पर्क समन्वय विभागले संसारमा रहेको नेपाली दाजुभाइहरू खास गरेर नेपाली कांग्रेससँग सम्बन्धित सरोकार राख्नेहरूको दुई तीन किसिमको भूमिकाका लागि हामी अनुरोध गर्दछौँ । एउटा नेपालको व्यवस्था संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको पक्षमा राजनीतिक रुपले जनमत र समर्थन सिर्जना गर्नका लागि म अनुरोध गर्न चाहन्छु । दोस्रो कुरा नेपालको आर्थिक प्रगतिमा प्रवासमा बस्ने दाजुभाइहरूको तर्फबाट वैचारिक वा आर्थिक जे योगदान हुनसक्छ त्यस्तो भूमिकाका लागि पनि अनुरोध गर्न चाहन्छु । तेस्रो कुरा २०८४ मा हुने नेपाली कांग्रेसको चुनावमा तपाईँहरूको बाहिरबाट र देशभित्रबाट नेपाली काँग्रेसको पक्षमा मतदान कसरी हुनेछ त्यसका लागि पनि सहयोग गर्न सक्रिय भैदिन अनुरोध गर्दछु ।’

नेता निधीले २०८४ मा हुने निर्वाचनमा नेपाली कांग्रेसको पक्षमा मतदान गर्न सहयोग गर्न प्रवासी नेपालीहरूलाई आग्रह गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?