सबै गैरआवासीय नेपालीको साझा सोच, ‘नेपालको समृद्धि छिट्टै होस्’ : नेता सिटौला

लोकपथ
126
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले गैरआवासीय नेपालीलाई नेपालसँग थप मजबुत सम्बन्ध विकास गर्न आवश्यक कानुन निर्माणका लागि सुझाव माग गरेका छन् । 

नेपाली कांग्रेस जनसम्पर्क समितिले बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले गैरआवसीय नेपालीसँग सुझाव माग गरेका हुन् । 

उनले गैरआवसीय नेपालीको सुझाव अनुसार नेपालसँग जोड्न सजिलो हुने गरी कानुन निर्माण गर्न सहयोग गर्ने बताए । नयाँ संविधान गैरआवासीय नेपालीको चिन्ता र चासो समेटिएको भन्दै थप सहजताका लागि सरकारले संसदमार्फत गैरआवासीय नेपालीको सम्बोधन गर्न आवश्यक काम गरिरहेको उनको भनाइ छ ।

उनले भने, ‘चाहे खाडी मुलुकमा गएर मजदुरी गर्ने मानिसहरू हुन् चाहे अष्ट्रेलियातिर गएर ठुलो व्यापार गर्नेहरू हुन् चाहे जापान, अमेरिका, युरोपतिर पुगेका साथीहरू हुन् एउटा कम सोच छ त्यो हो नेपाल राम्रो बनोस्, सफल बनोस्, नेपालले छिट्टै समृद्धि प्राप्त गर्न सफल होस् भन्ने सोच छ । त्यसका बाहिर जाने सबै साथीहरूलाई जोड्नु पर्छ भन्ने विचार संविधान निर्माण गर्ने बेलामा संविधान सभामा उठेको थियो । त्यसैले एनआरएनले त्यस बेला दिएको कन्सर्नलाई हामीले संविधानमा सम्बोधन गर्ने प्रयास गर्‍यौँ । अहिले त्योसँग जोडिएका कानुन ल्याएर पनि अझै राम्रोसँग जोड्ने प्रयास सरकारले संसद्ले गरिरहेको छ । यी समग्र विषयमा तपाईँहरूले बुँदागत रूपमा सुझाव दिनुभयो भने हामी त्यसलाई अगाडि बढाउने प्रयास गर्नेछौँ ।’

नेता सिटौलाले नेपालबाट जुनसुकै देशमा पुगेका नेपाली भए पनि नेपालको समृद्धि होस् भन्ने सबैको साझा सोच रहेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?