काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले गैरआवासीय नेपालीलाई दिएको नेपाली नागरिकताले काम नगरेको टिप्पणी गरेका छन् ।
नेपाली कांग्रेस जनसम्पर्क समितिले बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
उनले गैरआवासीय नेपालीले लिएको गैरआवासीय नेपाली नागरिकताले नेपालमा उद्योग व्यवसाय गर्न मार्ग प्रशस्त नगरेको बताए । गैरआवासीय नेपाली नागरिकता लिएर नेपालमा उद्योग खोल्न वा जग्गा किन्न सहज नभएको बताए
सम्बन्धित निकायमा कामका लागि जाँदा विभिन्न प्रक्रिया देखाएर कर्मचारीहरूले समस्या खडा गर्ने काम गरेको उनको भनाइ छ । उनले गैरआवासीय नेपालीलाई नेपालमा लगानीमैत्री कानुन निर्माणका लागि तत्काल छलफल अगाडि बढाउन पार्टीले भूमिका खेल्नुपर्ने बताए ।
उपसभापति गुरुङले विदेशमा रहेका नेपालीलाई सहज हुने कानुन निर्माण गर्न आवश्यक रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया