काठमाडौं । मुख्यसचिव एकनारायण अर्यालले सरकारले श्रमिकको हितमा ध्यान दिनुपर्ने बताएका छन् ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले श्रमिकको हितमा ध्यान दिँदै उनीहरूलाई स्वदेशमै बस्न प्रेरित गर्नुपर्ने बताए ।
आन्तरिक रोजगारी सिर्जना गर्नतर्फ सरकारको ध्यान जान जरुरी रहेको उनको भनाइ छ । मुख्यसचिव अर्यालले आन्तरिक तथा वाह्य रोजगारीमा जाने श्रमिकहरूलाई दक्ष बनाएर श्रम बजारमा पठाउनु आजको आवश्यकता रहेको उल्लेख गरे ।
उनले सीपबिनै वैदेशिक रोजगारीमा जाने गरेका कारण नेपालीहरूले धेरै समस्याहरूको सामना गर्नुपरेको बताए । वैदेशिक रोजगारीमा जाने युवाहरूलाई रोजगारदाताको मागअनुसार पठाउने गरी तालिमको व्यवस्था गर्नुपर्नेमा उनको जोड छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया