एकैदिन ४ हजार ६ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

लोकपथ
2.2k
Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  छापावाला सुन प्रतितोला ४ हजार ६०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने छापावाल सुनको मूल्य तोलामा १ लाख ८८ हजार १०० रुपैयाँ कायम भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ अघिल्लो दिन १ हजार ९६५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५० रुपैयाँले घटेर १ हजार ९१५ रुपैयाँ कायम भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?