भारतले पाकिस्तानी विमानका लागि आकाश मार्ग बन्द गर्‍यो

लोकपथ
3.4k
Shares

एजेन्सी । भारतले पाकिस्तानी विमानका लागि आफ्नो आकाश प्रयोगमा प्रतिबन्ध लगाएको छ । भारतीय विमानस्थल प्राधिकरणले बुधबार सूचना जारी गर्दै पाकिस्तानी नागरिक, भाडामा लिइएका र सैन्य जहाजहरूलाई भारतीय आकाश मार्ग प्रयोग गर्न नपाउने निर्णय गरेको हो।

द हिन्दुस्तान टाइम्सको रिपोर्टअनुसार, यो निर्णय बिहीबार मध्याह्न १२ बजेदेखि कार्यान्वयनमा आउनेछ र आगामी मे २३ सम्म प्रभावमा रहनेछ।

भारतको यो कदम एक साताअघि पाकिस्तानले भारतीय जहाजमाथि लगाएको प्रतिबन्धको प्रतिक्रिया स्वरूप आएको हो।

पछिल्लो समय भारत र पाकिस्तानबीच पहलगाम आक्रमणपछिको तनाव चुलिँदा दुवै देशले एकअर्काविरुद्ध हवाई सीमामा कडाइ गर्न थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?