सुनसरीमा ७८३ किलो गाँजासहित ट्रक नियन्त्रणमा, दुई जना पक्राउ

लोकपथ
1.3k
Shares

काठमाडौं । सुनसरीमा सशस्त्र प्रहरी बलले ठूलो मात्रामा लागूऔषध गाँजासहित ट्रक नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरी र सुरक्षा बेस धरानको संयुक्त टोलीले ७८३ किलो गाँजासहित ट्रक र दुई जनालाई नियन्त्रणमा लिएको हो ।

गाँजासहित पक्राउ परेका ट्रक चालक बराहक्षेत्र–१ निवासी ३१ वर्षीय मनोज परियार र सहचालक धनकुटाको सिदुवा नगरपालिका–६ निवासी १८ वर्षीय आकाश राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार धरान उपमहानगरपालिका–१३ स्थित कोशी लोकमार्गको निशाने डाँडामा शंका लागेर जाँच गरिएको ट्रकमा २२ वटा पोका गाँजा फेला परेको थियो। बिना नम्बर प्लेटको देखिएको उक्त ट्रकमा पछि ना ७ ख २८१ु नम्बर प्लेट समेत फेला परेको थियो ।

उनीहरूलाई ट्रक र गाँजासहित आवश्यक अनुसन्धान र कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय, इनरुवा पठाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?