काठमाडौं । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमिकहरूलाई शुभकामना व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको सन्देशमा उनले श्रमिकको पसिना र समर्पणले देश र समाज अघि बढेको उल्लेख गरेका छन् ।
प्रधानमन्त्री ओलीले सामाजिक सुरक्षाका लागि सुरु गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनाबारे पनि स्मरण गरे। केही वर्षअघि यस योजनाको सुरुवात गर्दा व्यङ्ग्य र आलोचना झेल्नुपरेको भए पनि हालसम्म २० लाखभन्दा बढी श्रमिक लाभान्वित भइसकेको उल्लेख गर्दै उनले योजनाको सफलताप्रति विश्वास व्यक्त गरे।
उनले फेसबुकमा ‘आज मे १– अन्तर्राष्ट्रिय श्रमिक दिवस । देश अघि बढेको छ श्रमिकको पसिनाले, समाज बाँचेको छ उनीहरूको समर्पणले । श्रमिकहरूको सामाजिक सुरक्षाका लागि केही वर्षअघि जब योगदानमा आधारित सामाजिक सुरक्षा योजना सुरू गर्यौँ, व्यङ्ग्य र ट्रोलहरू सहनुपर्यो । तर आज, ती नकारात्मक आवाजहरूभन्दा माथि उठ्दै—२० लाखभन्दा बढी श्रमिकले यस योजनाबाट भरोसा पाएका छन्’श्रम र श्रमिकलाई सम्मान गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले फेसबुकमा आफूलाई श्रमिकका रूपमा प्रस्तुत गर्दै लेखेका छन्,’अब श्रम मात्र होइन, श्रमिकको भविष्य पनि सुरक्षित छ । छोराछोरीको उज्यालो मुहार, आमाबुबाको निर्धक्क जीवन–श्रमिकको घरमा यिनै परिवर्तन ल्याउन हामी सफल हुँदैछौँ । श्रमलाई सम्मान गरौँ, श्रमिकलाई सम्मान गरौँ । जय श्रमिक, जय देश !’ लेखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया