कैलालीमा मोटरसाइकल एकआपसमा ठोक्किँदा एकको मृत्यु, तीन जना घाइते

लोकपथ
399
Shares

काठमाडौं । कैलालीको जानकी गाउँपालिकास्थित डुडेझारी सडकखण्डमा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्।

बुधबार दिउँसो वडा कार्यालय अगाडि से५प २५६० र सुपप्र०१०१२प ८०७५ नम्बरका मोटरसाइकल एकआपसमा ठोक्किँदा जानकी गाउँपालिका–८ निवासी १९ वर्षीय राकेश परियारको उपचारको क्रममा नेपालगञ्जस्थित सेवा नर्सिङ होममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका अर्का चालक ४५ वर्षीय पुष्कर शाहीलाई कोहलपुर मेडिकल कलेजमा भर्ना गरिएको छ।

त्यस्तै, मोटरसाइकलमा सवार १३ वर्षीया प्रिन्सी शाही र १८ वर्षीय कमल रावलको अवस्था खतरामुक्त रहेको र उनीहरूको टीकापुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?