श्रमको सम्मान र स्वदेशी उत्पादनको प्रवर्द्धनमा जोड : राष्ट्रपति पौडेल

लोकपथ
112
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मे १, विश्व मजदुर दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै श्रमिकहरूको योगदानको उच्च सम्मान गरेका छन् ।

उनले श्रमको मर्यादा, उचित पारिश्रमिक, स्वरोजगार तथा सामाजिक सुरक्षाको सुनिश्चितता अपरिहार्य रहेको उल्लेख गर्दै स्वदेशी उत्पादन र उत्पादकत्व वृद्धिमा सबैले ध्यान दिनुपर्ने बताएका छन् । राष्ट्रपतिले विदेश तथा स्वदेशमा कार्यरत सम्पूर्ण श्रमिक नेपालीहरूलाई सुख, शान्ति र समृद्धिको कामना गर्दै श्रम अधिकारको सुनिश्चितताको अपेक्षा व्यक्त गरे ।

उनले संविधानले प्रत्याभूत गरेका रोजगारीको हक, समान पारिश्रमिक, सुविधा र लैङ्गिक समानताको पक्षमा प्रतिबद्धता जनाउँदै सामाजिक सुरक्षामा भेदभाव नरहोस् भन्ने विश्वास व्यक्त गरे।

उनले विश्व मजदुर दिवसले श्रमिक वर्गको हक, हित र अधिकारप्रति समाजमा चेतना अभिवृद्धि गर्दै श्रमको सम्मानको संस्कार विकास गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?