काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिका पूर्ण खोप सुनिश्चित नगर घोषणा गरिएको छ । आज नगरमा आयोजित एक कार्यक्रममा राष्ट्रिय खोप निर्देशिकाअनुसार सम्पूर्ण प्रक्रिया पूरा गरी जन्मेदेखि १५ महिना र १६ देखि ५९ महिनामुनिका सम्पूर्ण बालबालिकालाई खोप लगाएकाले पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको हो ।
जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समिति प्रमुख दीपककुमार गौतम र नगरप्रमुख कुन्साङ लामाले पूर्ण खोप सुनिश्तिता तथा दिगोपना घोषणा गरेका हुन् । सो अवसरमा गौतमले नगर प्रमुख लामालाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र हस्तान्तरण गरे ।
नगरप्रमुख लामाले भने, ‘नगरलाई पूर्ण खोप सुनिश्चित बनाउन स्वास्थ्य क्षेत्रमा कार्यरत सबै स्वास्थ्यकर्मीको योगदान अतुलनीय छ ।’
जिल्ला स्वास्थ्य कार्यालयका खोप अधिकृत पार्थमणि न्यौपानेले जिल्लाको १३ स्थानीय तहमध्ये नमोबुद्ध पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने यस वर्षको पहिलो स्थानीय तह भएको बताए ।
यस वर्ष तोकिएका उमेर समूहका चार सय ७० बालबालिकालाई शतप्रतिशत खोप लगाएपछि पूर्ण खोप सुनिश्चित नगर घोषणा गरिएको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया