काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई तत्काल थुनामुक्त गर्न आग्रह गरेको छ ।
अनाधिकृत पत्रका आधारमा चौधरी पक्राउ परेको भन्दै सर्वोच्चले डिल्लीबजार कारागारलाई पत्र पठाउँदै सो आग्रह गरेको हो ।
सर्वोच्चको रिट तथा मुद्दा महाशाखामा कार्यरत महिमानसिंह विष्टले आफूखुसी पत्र लेख्दै रेशम चौधरीलाई पक्राउ गर्न पत्र पठाएका थिए । सोही पत्रका आधारमा चौधरी पक्राउ समेत परेका थिए ।
विष्टले आफूखुसी पत्र लेखि उनलाई पक्राउ गराएको पत्तो पाएपछि उनीमाथि समेत कारबाही प्रक्रिया अघि बढाएको छ । साथै सर्वोच्चले उक्त पत्र अनाधिकृत रहेको भन्दै चौधरीलाई छाड्न आग्रह गरेको हो ।
‘…पत्र यस अदालतको आधिकारिक पत्र नभएको हुँदा उक्त पत्र कार्यान्वयन नगरी उक्त पत्र बमोजिम कैलाली जिल्ला साविक दुर्गौँली गाविस वडा नं ८ हाल जानकी गाउँपालिका वडा नं ६ घर भएका लालविर चौधरीका छोरा रेशमलाल चौधरी पक्राउ परेको भए तत्काल कैद/वा थुनामुक्त गरिदिुनुहुन अनुरोध छ ।’
यता रेशमलाई थुनामा पठाउने विष्टलाई सर्वोच्च प्रशासनले जिल्ला प्रहरी परिसर काठमाडौंको जिम्मा लगाएको छ । सर्वोच्चको पत्र कारागार पुगेसँगै प्रक्रिया पुर्याएर रेशमलाई छाड्ने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया