काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न पत्र लेख्ने महिमानसिंह विष्ट पक्राउ परेका छन् ।
सर्वोच्च अदालतको रिट महाशाखामा कार्यरत रहेका विष्टले चौधरीलाई पक्राउ गर्न डिल्लीबजार कारागारलाई पत्र पठाएका थिए ।
सोही पत्र अनुसार कमलादीबाट बुधबार दिउँसो प्रहरीले रेशमलाई पक्राउ गरेको थियो । आफूखुसी पत्र लेखेको भन्दै सर्वोच्चले छानबिन सुरु गरिसकेको छ ।
यता रेशमलाई आजै अर्को पत्र पठाएर छुटाउने तयारी गरिँदा आफूखुसी पत्र लेख्दै विष्टलाई भने जिल्ला प्रहरी परिसरको टोलीले पक्राउ गरेको छ । उनलाई अहिले जिल्ला प्रहरी परिसर भद्रकालीमा राखिएको छ ।
उनलाई पदीय हैसियत विपरीत काम गरेको कसुरमा अनुसन्धान अघि बढाइएको एक अधिकारीले लोकपथलाई जानकारी दिए । साथै उनले सरकारी छापको दुरुपयोग गरेको कुसरमा समेत आन्तरिक कारबाही हुन्छ ।
यो पनि
विवादित पात्र महिमानसिंह विष्ट : गाविस अध्यक्षलाई सरुवाको धम्कीदेखि रेशमलाई थुन्ने पत्रसम्म
सर्वोच्च अदालत बन्यो प्रोयक्टिभ, भन्यो, ‘पछि पत्र आउँदै गर्छ अहिले थुनामा राख’
रेशमलाई पक्राउ गर्न सर्वोच्च अदालतको पत्र, रिगल ढकालको नजिर लागू हुने
कुन आदेश वा फैसलाले पक्राउ परे रेशम चौधरी ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया