महिमानसिंहको पत्र कार्यान्वयन नगर्न कारागारलाई सर्वोच्चको पत्र

लोकपथ
7
Shares

काठमाडौं । सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टले लेखेको पत्र कार्यान्वयन नगर्न भन्दै सर्वोच्च अदालतले कारागार कार्यालय डिल्लीबजारलाई पत्र पठाएको छ । रेशमलाल चौधरीलाई थुनामा राख्ने पत्र कार्यान्वयन नगर्न सर्वोच्चले पत्र पठाएको हो ।

सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले सर्वोच्च अदालतले कारागार कार्यालयलाई पत्र पठाएको जानकारी दिए ।
सर्वोच्च अदालतको पत्र कारागार कार्यालय पुगे लगत्तै रेशमलाल चौधरी रिहा हुनेछन् ।

यता पदीय हैसियत विपरीत अनधिकृतरुपमा पत्र लेख्ने शाखा अधिकृत महिमानसिंह विष्टमाथि कारबाहीको तयारी गरिएको छ ।

उनीमाथि प्रारम्भिक स्पष्टीकरण सोधिएको र थप कारबाहीको तयारी गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?