काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले रेशम चौधरी छिट्टै छुट्ने विश्वास व्यक्त गरेकी छन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै छिट्टै रेशम छुट्ने भन्दै विश्वस्त रहन सबैलाई आग्रह गरेकी हुन् ।
‘रेशमजी छिट्टै छुट्नु हुन्छ सम्पुर्णमा बिस्वस्त रहन आग्रह गर्दछु,’ उनले सामाजिक सञ्जालमा लेख्दै भनेकी छन् ।
आज जनमत पार्टीसँग पार्टी एकताका लागि पुगेका नाउपाका संरक्षक समेत रहेका रेशमलाई प्रहरीले पक्राउ गरेको थियो । टीकापुर घटनामा मुख्य दोषी देखिएका उनलाई पहिलेको फैसला कार्यान्वयनका लागि भन्दै पक्राउ गरिएको थियो ।
सर्वोच्चको आदेश भन्दै पक्राउ गरिए पनि पत्रमा नै कैफियत देखिएपछि रेशमलाई छुटाउने अर्को पत्र तयार गरी उनलाई छाड्ने तयारी गरिएको हो । यता सर्वोच्चबाट पत्र काट्ने शाखा अधिकृत महिमानसिंह विष्टलाई कारबाहीको प्रक्रिया थालिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया