काठमाडौं । शिक्षक आन्दोलनको २९औँ दिन पुनः सरकार र शिक्षक महासंघबिच वार्ता सुरु भएको छ ।
सिंहदबारस्थित शिक्षा मन्त्रालयमा सुरु भएको वार्तामा शिक्षामन्त्री रघुजी पन्तसहित गृहमन्त्री रमेश लेखक समेत सहभागि रहेका छन् ।
त्यसो त यसअघिको वार्तामा गृहमन्त्रीसहित उपप्रधान एवं अर्थमन्त्री समेत सहभागि रहेका थिए ।
आज सहमतिलाई अन्तिम रुप दिनेगरी वार्ता सुरु भएको हो । शिक्षा ऐन जारीको मागसहित गत चैत २० गतेबाट शिक्षकहरुले माइतीघर नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरिरहेका छन् ।
यसबिचमा सरकार पक्षसँग विभिन्न चरणमा वार्ता भए पनि विफल भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया