काठमाडौं । रेशम चौधरीलाई पक्राउ गर्न सर्वोच्च अदालतले नै पत्र पठाएको पाइएको छ । सर्वोच्च अदालतले वैशाख १७ गते बुधबार पठाएको पत्रका आधारमा नै चौधरी पक्राउ परेका हुन् ।
लोकपथलाई प्राप्त एक पत्र अनुसार सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखाको पत्र अनुसार चौधरीलाई पक्राउ गरिएको हो ।
सर्वोच्च अदालतले कारागार कार्यालय डिल्लीबजारलाई पत्र लेखी त्यसको वोद्यार्थ नेपाल प्रहरी लाई समेत दिएको थियो ।
सोही पत्रको आधारमा रेशमलाल चौधरीलाई पक्राउ गरिएको हो ।
सर्वोच्चको पत्रमा रिगल ढकालको माफीको सम्बन्धमा भएको फैसलालाई समेत नजिरका रूपमा लिई चौधरीको बाँकी कैद भुक्तानका लागि लेखी पठाइएको हो ।
सर्वोच्च अदालतले आफ्नो पत्रमै कैद माफी विरुद्धको रिट विचाराधीन अवस्थामा रहेको र पछि कैलाली जिल्ला अदालतबाटै पत्र आउने भन्दै तत्कालका लागि पक्राउ गरी थुनामा पठाउन भनिएका छ ।
सर्वोच्च अदालतले रिगल ढकालले पाएको बाँकी कैद मिनाहाको सम्बन्धमा राष्ट्रपतिको निर्णय उल्टाउँदै थुनामै राख्ने आदेश दिएको थियो । राष्ट्रपतिबाट दिइने माफी मनमौजी हुन नहुने फैसलामा उल्लेख थियो । त्यसपछि राष्ट्रपति बाँकी कैद मिनाहा पाएका रिगल ढकाल पुनः थुनामै गएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया