जनमत र नागरिक उन्मुक्तिको एकता आजका लागि स्थगित

लोकपथ
700
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको एकता प्रक्रिया अन्तिम अवस्थामा आएर आज हुन सकेन ।

आज बिहान ११ बजे कमलादीस्थित प्रज्ञा भवनमा दुई पार्टीको एकताका लागि बोलाइएको थियो । तर अन्तिम अवस्थामा आएर एकता हुन नसकेको हो ।

सहमतिको प्रयास जारी रहँदा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । कैलालीको टीकापुर घटनाका मुख्य दोषी मानिएका चौधरीलाई पुरानो फैसला कार्यान्वयनका लागि भन्दै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जनमतका अध्यक्ष डा. सीके राउतले चौधरी पक्राउ परेको र पार्टी एकीकरण अर्को दिन हुने जनाएका छन् ।

‘पार्टी एकीकरण प्रज्ञा प्रतिष्ठानमा घोषणा हुन लाग्दै श्री रेशमलाल चौधरीलाई नेपाल प्रहरीले कार्यक्रमस्थलमा नै पक्राऊ गरेर पुरानो फैसला कार्यान्वय गर्नका लागि डिल्ली बजार जेल पठाएको खबर प्राप्त भएको छ । यसको हामी घोर भत्र्सना गर्दछौँ । यस कारणले आजको एकीकरण कार्यक्रम स्थगित गरिएको छ र सम्पूर्ण नेता कार्यकर्ताहरूलाई आ–आफ्नो घर जान आग्रह गरिएको छ । बैठक बसेर अर्को सूचना हामी शीघ्र दिनेछौंँ,’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?