काठमाडौं । नेकपा एकीकृत समाजवादीले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने भएको छ ।
दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा एकीकृत समाजवादीका नेताहरु प्रधानमन्त्री भेट्न जान लागेका हुन् ।
एकीकृत समाजवादीको प्रचार विभागले ज्ञापनपत्र बुझाउने कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालसहित शीर्ष नेताहरुको उपस्थिति रहनेछ ।
‘नेकपा एकीकृत समाजवार्दीले आज दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर विभिन्न मागहरू समावेश गरिएको ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ,’ केन्द्रीय प्रचार विभागले भनेको छ, ‘पार्टी अध्यक्ष माधवकुमार नेपालसहित अन्य पदाधिकारीहरू ज्ञापनपत्र बुझाउने कार्यक्रममा सहभागि हुनुहुनेछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया