आँखा स्वास्थ्यलाई प्रमुख मुद्दा बनाएर अघि बढेका छौँ : स्वास्थ्यमन्त्री पौडेल

लोकपथ
406
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आँखा स्वास्थ्यलाई प्रमुख मुद्दा बनाएर सरकार अघि बढिरहेको बताएका छन् ।  बुधबार इन साइट लाइभ २०३० अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् । 

मन्त्री पौडेलले यसलाई राष्ट्रिय स्वास्थ्य प्रणालीमा एकीकृत गर्ने र विद्यालय, कार्यस्थल र समुदायहरूमा बलियो साझेदारी निर्माण गर्ने लक्ष्यअनुसार सरकारले काम गरिरहेको जिकिर गरे  । 

२०२२ को सर्वेक्षणअनुसार अन्धोपन ०.८४% बाट घटेर आज ०.२८% भएको छ ।  मोतीबिन्दु शल्यक्रियाको कभरेजमा पनि ठुलो सुधार भएको स्वास्थ्य मन्त्रीको दाबी छ ।

नेपालको लक्ष्य २०३० सम्ममा ६५.४% पुग्ने उनको भनाइ छ । उनले सार्वजनिक–निजी साझेदारी र सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रममार्फत पहुँच बिस्तार गरिरहेको उल्लेख गरे । 

उनले सबैको आँखा हेरचाहमा पहुँच सुनिश्चित गर्नका लागि काम गरिरहेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?