काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाईवाले नेपाल आएका छन् ।
आफ्नो तीन दिने राजनीतिक भ्रमणका लागि चौथालाई बुधबार नेपाल आइपुगेका हुन् ।
नेपाल बसाइका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली, सत्ता गठबन्धन दलका शीर्ष नेताहरु, विपक्षी दलका नेतादेखि मधेशवादी दलका शीर्ष नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
आज बिहान काठमाडौं आइपुगेका चौथाईवाले शुक्रबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
नेपालमा रहेका सबै राजनीतिक दलहरुसँग सम्बन्ध सुधार गर्ने उदेश्यका साथ भ्रमण गरिएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया