दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

लोकपथ
413
Shares
फाइल तस्बिर

काठमाडौं । आज दुई संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार आज बिहान ८ बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बसिरहेको छ । बैठकमा सिडको आधारभुत सिफारिस नं. ३९ सम्बन्धमा छलफल भइरहेको छ ।

त्यस्तै दिउँसो ३ बजे बस्ने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा नेपालको संविधानको धारा ५३ बमोजिम नेपाल सरकारले संघीय संसदमा पेस गरेको आर्थिक वर्ष २०८०/०८१ को सरकारको वार्षिक प्रतिवेदन सम्बन्धमा छलफल र समसामयिक विषयमा छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?