काठमाडौं महानगरद्वारा कक्षा १० सम्मका विद्यार्थीका लागि छात्रवृत्ति विवरण पेस गर्न निर्देशन

लोकपथ
147
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो मातहतका सामुदायिक विद्यालयहरूलाई कक्षा १ देखि १० सम्म अध्ययनरत विद्यार्थीको छात्रवृत्ति सम्बन्धी विवरण पेस गर्न निर्देशन दिएको छ।

महानगरको शिक्षा विभागले मंगलबार सूचना जारी गर्दै छात्रवृत्ति विवरण जेठको पहिलो हप्ताभित्र पेस गर्न निर्देशन हो ।

विभागले विद्यालय भर्ना भएका विद्यार्थीहरूको कुल संख्याको कम्तीमा १० प्रतिशतलाई छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने जानकारी दिएको छ।

महानगरको शिक्षा विभागबाट जारी सूचनामा भनिएको छ कि विद्यालयहरूले आर्थिक वर्ष २०८२/८३ मा छात्रवृत्तिको लागि आवश्यक विवरण सम्बन्धित पोर्टलमा अद्यावधिक गर्नुपर्नेछ । सरकारी अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५ र त्यससँग सम्बन्धित कार्यविधिअनुसार गरिब, असहाय, अपांग, महिला, दलित, जनजाति, बन्द पीडित, शहीद परिवार लगायतका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ।

छात्रवृत्ति वितरणको सिफारिस वडा अध्यक्ष वा प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, शिक्षा विभाग प्रतिनिधि, र विद्यालय व्यवस्थापन समितिका सदस्यहरू सम्मिलित समितिबाट गरिनेछ।

महानगरले वडा अध्यक्षहरूलाई पनि पत्राचार गरी सोहीअनुसारको सहकार्य गर्न आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?