‘मधेशको भूमिमा मधेशीलाई जिताउन आग्रह’‘मधेशको भूमिमा मधेशीलाई जिताउन आग्रह’

गौशाला, १९ कात्तिक – राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरले ‘जन्मभूमिले बोलाएपछि’ यस पालि महोत्तरी जिल्लामा चुनाव लड्न आएको बताएका छन आउँदो मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा महोत्तरी जिल्लाको क्षेत्र नं ३ बाट प्रतिनिधिसभाको निर्वाचनका उम्मेदवार ठाकुरले सदरमुकाम जलेश्वरमा आज पत्रकार सम्मेलन गर्दै मतदाताको विशेष आग्रहमा आफू महोत्तरीबाट चुनाव लड्न आएको बताए जिल्लाको साविक एकरहिया गाविस र हाल पिपरा गाउँपालिका जन्मभूमि रहेका नेता ठाकुरले भने, “जन्मभूमिको आकर्षणले मलाई यसपालिको चुनावमा महोत्तरीबाट लड्न उत्प्रेरित ग¥यो”, उनले भने उनले चुनावमा सम्पूर्ण मधेशको भूमिमा केवल मधेशीलाई जिताउन सबै मतलाई आग्रह गरे । उनले मधेशलाई अधिकारसम्पन्न, विभेदबाट मुक्ति, न्यायोचित सम्मान र चौतर्फी विकासका लागि चुनावमा मधेशको सम्पूर्ण निर्वाचन क्षेत्रमा मधेशी नेतालाई जिताएर मधेशलाई मधेशीमय बनाउन आग्रह गरे । उनले मतदातालाई प्रदेश नं २ मा मधेशी सरकार बनाएर आफ्नो विशेष पहिचान कायम गर्न पनि आग्रह गरे बाढी, चुरे दोहन, कृषि समस्या चुनौतीका रुपमा नेकपा(माओवादी केन्द्र)का नेता गिरिराजमणि पोखरेलले महोत्तरीमा नदी, बाढी, चुरे दोहन, कृषि जस्ता समस्या चुनौतीका रुपमा रहेको र ती समस्या पूरा गर्ने उद्देश्यले आफूले उम्मेदवारी दिएको बताएका छन । प्रतिनिधिसभा निर्वाचनका लागि वाम गठबन्धनका संयुक्त उम्मेदवारका रुपमा महोत्तरी जिल्लाको क्षेत्र नं १ बाट उम्मेदवारी दिनुभएका विनाविभागीयमन्त्री पोखरेलले आफ्नो उम्मेदवारी संविधानले प्रदान गरेको संघ, प्रदेश र स्थानिय तहबाट प्राप्त हुने शनिबार पत्रकारसँग कुरा गर्दै नेता पोखरेलले देशमा व्याप्त विभेद, असमानता अन्त्य गर्दै देशलाई चौतर्फी विकास गर्न गराउन आफ्नो उम्मेदवारी आएको स्पष्ट गरे तीन लाख मतदाता दोस्रो चरणको निर्वाचनका लागि महोत्तरी जिल्लामा तीन लाख सात हजार ६०२ मतदाता कायम भएका छन् । जिल्ला निर्वाचन अधिकारी पिंकी रायका अनुसार स्थानीय तहको निर्वाचनपछि जिल्लामा नौ हजार २८८ मतदाता थपिएका छन् । त्यसैगरी ११ मतदान केन्द्र थपिएर जिल्लाका २५८ मतदानस्थलमा ४२६ मतदान केन्द्र कायम भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?