‘भन्सार विधेयक, २०८१’  प्रतिनिधि सभाबाट बहुमतले पारित

लोकपथ
413
Shares

काठमाडौं । ‘भन्सार विधेयक, २०८१’  प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ । सभाको मंगलबारको बैठकले उक्त विधेयकलाई बहुमतले पारित गरेको हो । 

मंगलबार विधेयकमाथिको सैद्धान्तिक छलफलपछि उपप्रधानमन्त्री एवं अर्थमन्त्री  विष्णु पौडेले ‘भन्सार विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । 

शो प्रस्तावलाई संसद्का बहुमत सांसदहरूले सहमति जनाएका हुन् । विधेयकको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले भन्सार बिन्दुहरूमा रहेको बेथिति हटाउनको लागि भन्सारसम्बन्धी कानुनलाई संशोधन एवं एकीकरण गर्नको लागि विधेयक ल्याइएको बताए । 

उनले भन्सार नाकामा राजश्व चुहावट, अनियमितता र व्यापारीहरू पीडित नबनुन् भन्ने नै विधेयकको मुख्य उद्देश्य रहेको बताए । विधेयकलाई समृद्ध बनाउनको लागि सुझाव दिने सांसदहरूलाई धन्यावाद समेत दिए । 

उनले भने, ‘भन्सार बिन्दुहरूमा बेथिति नहोस् । त्यहाँ हाम्रो राजश्वमा चुहावट नहोस् र अनियमितता नहोस् र व्यापारीहरू पीडित नबनुन् भन्ने कोणबाट सुझावहरू आएका छन् । भन्सारलाई उपकरण र स्रोत साधनको दृष्टिकोणले प्रभावकारी कोणबाट समेत प्रभावकारी बनाइयोस् भनेर पनि सुझाव दिनुभएको छ । यी सबै सुझावहरूको लागि म सबै माननीयज्युहरुलाई धन्यवाद भन्न चाहन्छु ।’

विधेयकले कानुनको रूप लिएसँगै राजश्व चुहावटमा कमी आउनुका साथै भन्सार व्यापार सहज हुने मन्त्री पौडेलको दाबी छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?