नारायणगढ–बुटवल सडक समयमै निर्माण गर्न माग

लोकपथ
161
Shares

काठमाडौं । सांसद अमरेशकुमार सिंहले विकास निर्माणको काममा ढिलाइ गर्न नहुने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले नारायणगढ–बुटवल सडकखण्ड समयमै निर्माण गर्न सरकारसँग माग गरेका हुन्  ।

‘सडक निर्माणमा ढिलाइ हुँदा लुम्बिनी घुम्न जाने पर्यटकलाई कठिनाइ भएको छ, ‘सांसद सिंहले भने । 

यस्तै सांसद प्रभु साहले सरकारी बजेट प्रयोग गर्ने प्रतिष्ठान र  संघ संस्थालाई कानुनी दायरामा ल्याउनुपर्ने बताए। केही संघसंस्था र प्रतिष्ठान पार्टीगत र व्यक्तिगत स्वार्थमा प्रयोग भएकामा उनले आपत्ति व्यक्त गरे।

सांसदहरू देवप्रसाद तिमिल्सिना, दामोदर पौडेल र जावेदा खातुनले आन्दोलनरत शिक्षकहरूका माग तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए। 

सांसद नागिना यादवले तराई मधेसमा नाला निर्माणका  क्रममा स्थानीयको घर भत्काउने काम भइरहेको उल्लेख गर्दै अदालतको आदेशलाई समेत स्थानीय प्रशासनले अटेर गरेको आरोप लगाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?