सेती प्रादेशिक अस्पतालको तेस्रो तलाबाट हाम फालेका वृद्धको घटनास्थलमै मृत्यु 

लोकपथ
1.5k
Shares

धनगढी । सेती प्रादेशिक अस्पतालमा उपचाररत एक बिरामीले मंगलबार दिउँसो अस्पतालको तेस्रो तलाबाट हाम फालेका छन् । मिर्गौलापीडित ती बिरामीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा कैलालीको गोदावरी नगरपालिका–१ का ६३ वर्षीय चक्रबहादुर सिंह छन् । उनी प्रादेशिक अस्पतालमा डायलाइसिस गराउन गएका थिए । 

प्रादेशिक अस्पतालका सूचना अधिकारी किशोर श्रेष्ठले सोमबार मेडिकल वार्डमा भर्ना भएका सिंहले दिउँसो २ बजेपछि एक्कासि तेस्रो तलाबाट हाम फालेको र उनी हामफोलेको ठाउँबाट अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको बताए । 

डायलासिस गर्न आएका सिंहलाई चिकित्सकले मेडिकल वार्डमा भर्ना गरेका थिए । उनकी श्रीमती ईश्वरीदेवी उनको कुरुवा बसेकी थिइन् । एकैछिन बाहिर जान्छु भनेर निस्किएका सिंहले एक्कासि तेस्रो तलाबाट हामफालेको देखिएको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?